फागुन १९ काठमाडौ –राष्ट्रिय सभाको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ ।
संघीय संसद सचिवालयले आज दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाउँदै पर्सि २१ गते मंगलबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको सूचना जारी गरेको हो ।
पूर्व उपप्रधानमन्त्री एवम अर्थमन्त्री समेत रहेका नेकपाका नेता भरतमोहन अधिकारीको गएराति निधन भएकाले नेकपाका नेताको कार्यव्यस्तताले बैठक बस्न नसक्ने भएपछि सचिवालयले सूचना जारी गरेको हो ।
राष्ट्रिय सभा बैठक स्थगित
