भाद्र २४,काठमाडौ–नुवाकोट जिल्लाको गुरुङ गाउँमा बस दुर्घटना हँुदा तीन जनाको ज्यान गएको छ भने दर्जन भन्दा बढी घाइते भएका छन् । मृतकहरुको पहिचान खुलेको छैन ।
शनिवार काठमाडौंबाट छहरे नुवाकोटका लागि छुटेको बा १ ख ६३४८ नम्बरको यात्रुबहाक बस शिवपुरी गाउँपालिका सात गुरुङ गाउँमा पल्टिएको हो । घटनास्थलमा अहिले स्थानीय र सुरक्षाकर्मीले उद्धार गरिरहेका छन् ।
बसमा ५०, ५५ जना यात्री रहेको अनुमान छ ।
