सल्यानमा बस दुर्घटना हुदाँ १२ जना गम्भीर घाइते

असार २५,दाङ – सल्यानमा आइतबार बस दुर्घटना हुदाँ १२ जना गम्भीर घाइते भएका छन् । दाङबाट रुकुमकोटतर्फ यात्रु बोकेर हिँडेको सिस्ने हिमाल यातायता व्यवसायी समिति रुकुमको ना ४ ख ५७५४ नंम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिका ५ सल्लेखोलामा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
घाइतेको उद्धार भइरहेको अञ्चल प्रहरी प्रमुख ज्ञानविक्रम शाहले जानकारी दिनु्भयो । उहाँले बस सल्लेखोलाको भीरबाट सय मिटर तल खेतमा खसेकोे जानकारी दिनुभयो ।
घाइतेको राप्ती अञ्चल अस्पताल तुलसीपुर, जिल्ला अस्पताल सल्यान र श्रीनगर अस्पतालमा उपचारका लागि लगिएको छ । भीरबाट खेतमा खसेको बसमा सवार यात्रुको उद्धारका लागि प्रहरी र स्थानीयहरु घटनास्थलमा खटिएका छन् ।