प्रमुख पदमा छैनन् महिला

 

असार १०, काठमाडौँ –  पाँचथर  जिल्लाका ८ स्थानीय तहमा १ हजार २ सय ३८ जना प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्लामा क्रियाशील १३ वटा पार्टीले वडा सदस्यदेखि गाउँ–नगरको प्रमुखसम्म उम्मेदवार उठाएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्रले प्रायः सबै पदमा उम्मेदवारी दिएको जिल्ला निर्वाचन अधिकृत ध्रुव राईले जानकारी दिए । प्रमुखमा कुनै पनि दलबाट महिला उम्मेदवार छैनन् । क्षमतावान् भए पनि महिलाले प्रमुख पदमा स्थान नपाएको चर्चा पार्टीभित्रै हुन थालेको छ ।

कांग्रेसका उम्मेदवार
कांग्रेसले फिदिम नगरपालिकाको मेयरमा ओनहाङ नेम्वाङ र उपमेयरमा उर्मिला प्रधान श्रेष्ठलाई उम्मेदवार बनाएको छ । याङवरक गाउँपालिकाको अध्यक्षमा शेरबहादुर नुगो र उपाध्यक्षमा कल्पना कोइराला, हिलिहाङ गाउँपालिकाको अध्यक्षमा समरबहादुर अधिकारी र उपाध्यक्षमा ताराकुमारी योङहाङ प्रतिस्पर्धामा छन् । फालेलुङ गाउँपालिका अध्यक्षमा सञ्चकुमार केरुङ र उपाध्यक्षमा हिमा अधिकारी, कुम्मायक गाउँपालिकाको अध्यक्षमा बमप्रसाद लावती र उपाध्यक्षमा सूर्यकुमारी चेम्जोङ, फाल्गुनन्द गाउँपालिका अध्यक्षमा अमर नेम्वाङ र उपाध्यक्षमा देवित्राकुमारी आङदेम्बे, मिक्लाजोङ गाउँपालिका अध्यक्षमा खड्गसुन्दर लावती र उपाध्यक्षमा सुनमाया राई तथा तुम्बेवा गाउँपालिकाको अध्यक्षमा होमनाथ थापा र उपाध्यक्षमा टेककुमारी कुरुङवाङ प्रतिस्पर्धा गर्दै छन् ।

एमालेका उम्मेदवार
एमालेले फिदिम नगरपालिकाको मेयरमा जिल्ला अध्यक्ष राजकुमार भण्डारी र उपमेयरमा मुना नेम्वाङलाई चुनावी मैदानमा उतारेको छ । याङवरक गाउँपालिकाको अध्यक्षमा लेखनाथ घिमिरे र उपाध्यक्षमा कमला योङहाङ, हिलिहाङको अध्यक्षमा भुवानीप्रसाद लिङदेन र उपाध्यक्षमा समित्रा सेढाईं, फालेलुङको अध्यक्षमा कमल जबेगु र उपाध्यक्षमा तारावती राई प्रतिस्पर्धा गर्दै छन् ।कुम्मायकको अध्यक्षमा जयबहादुर चेम्जोङ र उपाध्यक्षमा सीता आचार्य, फाल्गुनन्दको अध्यक्षमा वीरबहादुर कुरुङवाङ र उपाध्यक्षमा करुण राई, मिक्लाजोङको अध्यक्षमा धनकुमार फियाक र उपाध्यक्षमा उर्मिला राई र तुम्बेवाको उपाध्यक्षमा धनप्रसाद साँवा प्रतिस्पर्धामा छन् । तुम्बेवामा माओवादी केन्द्रसँग तालमेल भएकाले अध्यक्षमा उम्मेदवारी परेको छैन ।

माओवादीका उम्मेदवार
माओवादी केन्द्रले फिदिम नगरपालिकाको मेयरमा राधाकृष्ण न्यौपाने र उपमेयरमा रमुना लकान्द्रीलाई अगाडि सारेको छ । याङवरकको अध्यक्षमा भीम माओ र उपाध्यक्षमा इन्दिरा पोखरेल, हिलिहाङको अध्यक्षमा रविन तिम्सिना र उपाध्यक्षमा एलिसा वाग्ले, फालेलुङको प्रमुखमा महेन्द्र जबेगु र उपाध्यक्षमा कविता थाम्सुहाङ, कुम्मायकको अध्यक्षमा अमरसिंह थापा र उपाध्यक्षमा दुर्गा चम्लागार्इं मैदानमा छन् । फाल्गुनन्दको अध्यक्षमा ठाकुरसिंह नेम्वाङ र उपाध्यक्षमा शान्ता नेम्वाङ, मिक्लाजोङको अध्यक्षमा अमर माखिम र उपाध्यक्षमा जुनु तथा तुम्बेवामा देवेन्द्र खत्री लावती प्रतिस्पर्धामा छन् । तुम्बेवामा एमालेसँग तालमेल भएकाले उपाध्यक्षमा उम्मेदवारी परेको छैन ।

राप्रपाबाट महिला
राप्रपाले ८ मध्ये २ तहको प्रमुखमा महिलालाई अघि सारेको छ । राप्रमसंघकी जिल्ला सचिव देवी सिवाकोटी फिदिम नगरपालिकाको मेयर र याङवरक गाउँपालिकाको अध्यक्षमा लक्ष्मीदेवी दाहाल चुनावी मैदानमा उत्रिएका छन् ।

साभार — नयाँ प्रत्रिका