बैशाख १८, काठमाडौं – प्रधानमन्त्री पुष्प कमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । सभामुख ओनसरी घर्तीमगरको कार्यकक्षमा भएको भेटमा आगामी वैशाख ३१ गतेका लागि तोकिएको चुनावका विषयमा छलफल भएको थियो।
दुई नेतावीचको करिब आधा घन्टा कुराकानी भएको छ।
‘संविधान संशोधन नियम अनुसार प्रक्रिया अघि बढ्छ। उहाँले निर्वाचन मिति सम्बन्धी आफ्नो कुरा राख्नु भयो,’ भेटबाट बाहिरिदै प्रधानमन्त्री दाहालले भने, ‘निर्वाचन कसरी अगाडि बढ्छ भन्नेबारे कुरा भयो। निर्वाचन र बजेटको विषयमा उहाँको चासो थियो। वैशाख ३१ गते निर्वाचन हुन्छ। हामी समझदारीबाटै अगाडि बढ्छौ।’