वैशाख १७, काठमाठौँ । स्पष्ट बहुमत नपुग्ने भएपछि संबिधान संशोधन प्रस्तावमाथि छलफल गर्ने कार्यसुची रहेको संसद बैठक ४ दिनका लागि स्थगित भएको छ । संसदको आज बसेको बैठक कार्यसुचीमा प्रवेश नै नगरी स्थगित भएको हो । बैठकले पूर्व सांसद नथुनसिंह दनुवारको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठक यही २१ गते बस्नीगरी स्थगित भएको हो । दोस्रो ठूलो दल एमालेसहित प्रतिपक्षी दलहरु प्रस्तावको विपक्षमा रहेकाका कारण संशोधन प्रस्तावमाथि स्पष्ट बहुमत नपुग्ने देखिएको हो ।
संशोधन प्रस्तावमाथि बहुमत नपुग्ने भएपछि संसद बैठक स्थगित
