सेना खटाउने प्रस्ताव शीतलनिवासमा

 

बैशाख ११ ,काठमाडौं – स्थानीय तहको निर्वाचनका वेला नेपाली सेना खटाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा पुगेको छ। मन्त्रिपरिषद्ले निर्णय गरी स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाएको हो। राष्ट्रपतिको स्वीकृतिपछि मात्र सेना परिचालन गर्न सकिन्छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
निर्वाचन आउन तीन साता बाँकी छँदा पनि सेना परिचालनको स्वीकृति प्राप्त नहु“दा तयारीमा समस्या भएको रक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन्। नेपाल प्रहरीले सुरक्षा दिँदै आएका कारागार तथा सरकारी कार्यालयमा सेनालाई खटाउने तयारी भइरहेको छ। निर्वाचनमा बुथको बाहिरी घेरामा समेत सेना खटिने रक्षा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद नागिलाले बताए।