यातायात कार्यालय प्रमुख नै लाइसेन्स बिक्रीमा

चैत १७ ,काठमाडौं – भेरी अञ्चल यातायात कार्यालयका तत्कालिन प्रमुख पवन सुवेदीले सेटिङमा १० हजारभन्दा बढी सवारी लाइसेन्स बिक्री गरेको खुलासा भएको छ। यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ।

यातायात व्यवस्था विभागको टोलीले चैत ७ गते नेपालगन्जमा रहेको भेरी अञ्चल यातायात कागजात जफत गरेर छानबिन गर्दा उक्त तथ्य फेला परेको हो। २०७३ भदौ पछिको २६ हजार लिखित परीक्षाको फारम अध्ययन गर्दा१० हजारभन्दा धेरैलाई सेटिङमा लाइसेन्स दिएको पाइएको हो।
विभागले छानबिन गरी सुवेदीलाई बुधबारदेखि लागू हुने गरी सचिवस्तरीय निर्णयबाट निलम्बन गरिएको छ। कार्यालय प्रमुख सुवेदीसहित२ शाखा अधिकृत, नौ नायब सुब्बा र दुई खरिदार गरी १४ जना कर्मचारीसमेत निष्काशनमा परेका छन्।