प्रतिक्षा गुरुङको पहिलो एल्बम “प्रतिक्षा” सार्वजनिक

 

काठमाडौं – पेशाले नर्स प्रतिक्षा गुरुङको पहिलो एल्बम “प्रतिक्षा” आज डा. कृष्णहरि बराल,वरिष्ठ गायिका कुन्ती मोक्तान र गायिका रीमा गुरुङको विशेष आतिथ्यमा विमोचन भएको छ ।

जम्मा ६ वटा गीत समेटिएको एल्बम मा ४ वटा गीत मा शब्द रचना डा. कृष्णहरि बरालको रहेको छ भने एउटामा दिप घतानीको त्यस्तै सम्पूर्ण गीतमा सङ्गीत गैरे सुरेश को रहेको छ । जसको दुई वटा म्युजिक भिडियो पनि सँगै सार्वजनिक गरियो। दुई वटै विडियोमा निर्देशन कमल राईको रहेको छ।