सरकारले ल्यायो कार्ययोजनास् एक वर्षमा तीन निर्वाचन्

असार ३ ,काठमाडौं – सरकारले आगामी मंसिर्देखि एक वर्षभित्र तीन तहका निर्वाचनले गर्ने महत्वकांक्षी कार्ययोजना तयार गरेको छ।
मन्त्रिपरिषदको बिहीबारको बैठकले डेढ वर्षभित्र स्थानीय, प्रदेश र संसद गरी तीनवटा निर्वाचन गर्नेलगायत संविधानले तोकेका कामको योजनावद्ध कार्ययोजना तयार पारेको कानुनमन्त्री अग्नी खरेलले बताए।
सरकारले आगामी मंसिरमा अन्तरिम स्थानीय तहको निकाय, जेठमा प्रदेश सभा र २०७४ कात्तिकरमंसिरमा केन्द्र संसद(प्रतिनिधिसभा र राष्ट्रिय सभा) को निर्वाचन गर्ने कार्ययोजना बनाएको छ।