भिडियोमा हेर्नुहोस् लुट २ को फस्ट लुक (भिडियो)

काठमाडौं जेठ १८ – लुटबाट चलचित्र निर्देशनमा हौसीएर सफल बनेका निर्देशक निश्चल बस्नेतले सोही चलचित्रको सिक्वेल ल्याउने तयारी गरेका छन् । जसको टिजर सार्वजनिक गरिएको छ । लुटकै कलाकारहरुबो बोलबाला रहेपनि उनीहरुलाई फरक गंगले सिक्वेलमा देखाइएको निर्देशक बस्नेतले दाबी गरेका छन् ।

निर्देशक बस्नेतले नै निर्माण गरेको चलचित्रमा बस्नेतको लेखन र निर्देशन रहेको छ । जसमा माधव वाग्ले र नरेन्द्र महर्जन निर्माताका रुपमा प्रस्तुत भएका छन् । सौगात मल्ल, दयाहाङ राई, कर्मा, रिचा शर्मा, बिपिन कार्की, पविन खतिवडा, शुसीलराज पाण्डे, प्रदिप राज न्यौपानेको अभिनय रहेको चलचित्र ३ गतेदेखि रिलिज हुने निर्माण टोलीले जनाएको छ । लुटबाट नेपाली चलचित्रको धार नै परिवर्तन गर्न सफल भएका निश्चलको चलचित्र हेर्न आम दर्शक आतुर छन् ।