‘अर्बपति हुन सहकारी होइन अरु व्यवसाय गर्नुहोस्’

फागुन १६, काठमाडौं– गभर्नर डा चिरिञ्जीवी नेपालले सहकारीबाट रातारात धनी हुन खोज्दा विकृति भित्रिएको बताएका छन्। सहकारी वित्तीय पहुँच र साक्षरता विस्तार तथा उद्यमशीलता विकास गर्ने संस्था भएको उल्लेख गर्दै उनले कमाउनका लागि बेग्लै पेसा गर्न सुझाव दिएका छन्।

सहकारी उद्यमशीलत सिकाउने र वित्तीय सेवा दिनेमात्र हो, राष्ट्रिय सहकारी बैँकको शनिवार सम्पन्न साधारण सभामा डा नेपालले भने‘करोडपति÷अर्बपति हुनु छ भने बेग्लै व्यवसाय गर्नुहोस्।’ नेपालमा छिट्टै धनी हुने उद्देश्य लिइर सहकारीमा लागेका व्यक्तिले अर्बौं रकम ठगी गरेको र सहकारीलाई बदनाम गराएको उनको दाबी थियो।

सिंगापुर, स्विडेन, जापान, अमेरिकालगायत विकसित देशमा समेतसहकारी अत्यन्त प्रभावशाली भएको उदाहरण दिँदै गभर्नरले बैँकको पहुँच नपुगेको क्षेत्रमा सहकारीले वित्तीय सेवा दिनुपर्ने आवश्यकता औँल्याए।(कारोबार दैनिकबाट)