इजरायलमा फेरि खुल्यो ‘केयर गिभर’

माघ २७, काठमाडौं– कोरिया जान नसक्ने अनि गल्फ र मलेसिया सुरक्षित नठान्ने नेपाली महिला कामलदारका लागि अब इजरायल राम्रो बिकल्प बन्दैछ।
बुझेर उपयुक्त तालिम र भाषाको तयारी गरे कम शुल्कमा नै जान सकिने गरी सरकारले इजरायल रोजगारीको तयारी गरिरहेको छ।

त्यसमा पनि इजरायल सरकारले मागेको ८० प्रतिशत महिला हुनुपर्ने शर्त महिला हुनु पर्ने शर्त राख्नु नेपाली महिलाका लागि अझ ठूलो अवसर आएको छ। अधिकांश मागमा महिलालाई प्राथमिकता दिने बताएपछि त झन् इजरायल जाने होड नै चल्न थालेको छ अचेल।

इजरायल सरकारले हालै नेपालबाट ुकेयर गिभरुका रुपमा नेपाली महिला कामदार छनोट गरी माग प्रक्रिया अघि बढाइसकेको छ। यसमा पुरुष भने थोरै छन्। अब इजरायल जान पाउने नेपाली महिलाले महिनाको १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नेछन्।

नेपाली महिलाका लागि रोजगारमैत्री र सुरक्षित मानिएको इजरायल कोरियजस्तै आकर्षक रोजगार गन्तव्य बन्दै गइरहेको छ। (कारोबार दैनिकबाट)