आइसिसी विश्वकप क्रिकेट लिग–२ स् ओमानविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

बैशाख १६, काठमाडौं –  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा ओमानका कप्तान जतिन्दर सिंहले घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिला बलिङको निम्तो पाएको हो ।
नेपाल, युएई र ओमानबीचको एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालको यो आज दोस्रो खेल हो । यसअघि भएको पहिलो खेलमा नेपालले युएईलाई हराएको थियो ।
यता ओमानले भने पहिलो खेलमा युएईसँग हार बेहोरेको छ । आज पनि सुरुआती लयलाई कायमै राख्दै जित निकल्ने उदेश्यका साथ नेपाल मैदानमा उत्रिएको छ । नेपालको प्लेइङ ११ मा कुश भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, रोहितकुमार पौडेल(  कप्तान ) बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, मोहम्मद आरिफ शेख, गुलशनकुमार झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *