महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

चैत्र १९, काठमाडौ- महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका कृष्ण चन्दको अवस्था अझै अज्ञात रहेको छ ।

मङ्गलबार बिहान ११ः३० बजेतिर हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता चन्दको खोजी जारिरहे पनि भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए ।

उहाँको खोजीका लागि नेपाल प्रहरीसहित सशस्त्र प्रहरी पनि खटिएको सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्म हेडक्वाटर बैतडीका गुल्मपति, सशस्त्र प्रहरी नायव उपरीक्षक जङ्गबहादुर कुँवरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *