एमाले संसदीय दलको नेतामा बादल चयन

 

चैत १८, काठमाडौ – नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल निर्विरोध चयन भएका छन्।

पार्टी मुख्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन गरेको हो । बादल समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्।

एमालेले प्रत्यक्षमा ९, समानुपातिकबाट १६ सीट जितेर प्रतिनिधि सभाको तेस्रो दल बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *