रुथलेसको ‘नया गीत ‘नखोज मेरो फाइदा तिमी’ सार्वजनिक

 

नेपाली हिपहप र आरएनबी गीतहरुको निर्माण गर्दै आइरहेको ‘सुपरस्टार इन्टरटेन्टमेन्टले’ लेकलाकार रुथलेसको स्वरमा रहेको ‘नखोज मेरो फाइदा तिमी’ गीतको भिडियो सार्वजनिक गरेको छ ।

सन् २०१४ देखि मिक्सिङ, मास्टरिङ हुदै चर्चित र्यापर भीटेनको लोकप्रिय एल्बम देखि अहिलेका अर्का चर्चित र्यापर याबी द गोटको धेरै गीतहरुको साथमा नेपाली फिल्म धुलोमाण्डूको गीतहरुको समेत म्युजिक प्रोडक्सन गरिसकेका रुथलेसले को स्वरमा रहेको गीतलाई धेरै युवाहरुले मन पराउने छन् भने गीतको भिडियोमा मोडेल मानुषी गिरीको साथमा निर्देशक विधान आफै फिचर्ड छन ।

विधान प्रधानले निर्देशन गरेको भिडियोमा युवापुस्तालाई मध्यनजर गरि अत्याधुनिक प्रबिधि र लोकेसनको छनोट गरिएको छ ।

करिब १५ बर्षअघिबाट गीत संगीत र भिडियो निर्माणमा लोकप्रियता छाएको सुपरस्टार इन्टरटेन्टमेन्टले यस गीतको मार्केटिङ तथा ब्रान्डिङमा सहकार्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *