चैत १, काठमाडौं – पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट मन्दिरमा शुभ मुहूर्त गर्दै नेपाली चलचित्र ‘जिरो डिग्री’को छायाङ्कन विधिवत् रूपमा सुरु भएको छ ।
मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस डार्क कमेडी चलचित्रको पहिलो शटमा दिग्गज कलाकार प्रकाश घिमिरे, अभिनेता विजय बराल, कथाकार तथा कलाकार राजन भुसाल र शारदा सिलवालले अभिनय गरेका थिए ।
रङ्गमञ्चबाट उदाएका अभिनेता विजय बराल र सनिशा भट्टराईको साथमा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल र रमेश बुढाथोकी पर्दामा देखिनेछन् ।
कार्यकारी निर्माताका रूपमा मोती कार्की रहेको यस चलचित्रलाई निशाल पौडेलले छायाङ्कन गर्दैछन् भने सम्पादन चानस पुन मगर र रङ्ग संयोजन राजेन्द्र मोक्तानले गर्नेछन् ।
