भोजपुरमा बदर मत न्यून

फागुन २५, भोजपुर – यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा साढे तीन हजारभन्दा बढी मत बदर भएका छन् । प्रत्यक्षतर्फ खसेको कूल ५७ हजार ५९९ मतमध्ये तीन हजार ८७१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यो सङ्ख्या कूल मतको ६ दशमलव ७२ प्रतिशत हो ।

बदर भएका मतमध्ये एकभन्दा बढी चुनाव चिन्हमा मत सङ्केत गरिएको सङ्ख्या बढी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार कतिपय मतदाता मतदान प्रक्रिया राम्रोसँग नबुझेर नभइ जानाजान पनि मत बदर गरिएको जस्तो देखिएको छ । एक भन्दा बढी चिन्हमा सङ्केत गरेको मत कोटाभित्र स्पष्ट रुपमा लगाइएको पाइएको उनको भनाइ छ ।

निर्वाचन प्रक्रियाबारे जानकारी नभएर ल्याप्चे लगाउने जस्ता मत भने तुलनात्मक रूपमा न्यून रहेको उहाँले बताउनुभयो । जिल्लामा कूल एक लाख २५ हजार ७६६ मतदाता रहेका थिए । समानुपातिकतर्फको मतगणना अझै जारी रहेकाले त्यसतर्फ बदर भएको मतको विवरण आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

उक्त निर्वाचनमा ध्रुवराज राई (श्रम संस्कृति पार्टी) १६ हजार ६६३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी शेरधन राई ९नेकपा एमाले० ले १४ हजार ७५० मत प्राप्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *