समानुपातिकतर्फ १२ लाख ५५ हजार मतगणना

फागुन २४, काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १२ लाख ५५ हजार ४८२ मतगणना भएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ । सो दलले हालसम्म कुल ६ लाख ४३ हजार ७५६ मत प्राप्त गरेको छ ।

यस्तै, नेपाली कांग्रेसले दुई लाख १५ हजार २३१, नेकपा एमालेले एक लाख ७२ हजार ४५९, नेपाली कम्युनिष्ट पार्टीले ८३ हजार ८५६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४६ हजार ३७०, श्रम संस्कृति पार्टीले २२ हजार ३८२, राष्ट्रिय परिवर्तन पार्टीले १७ हजार ५८, जनता समाजवादी पार्टीले पाँच हजार ३१७ र एकल चिह्न चकिया ९जाँतो०ले पाँच हजार ८३ मत प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *