चलचित्र पारसमा प्रियंका अनुबन्धित

चलचित्र पारसमा प्रियंका कार्की अनुबन्धित भएकी छन् ।

अभिनेता निखिल उप्रेती र अभिनेत्री जसिता गुरूङपछि अभिनेत्री प्रियंका कार्की पनि फिल्ममा अनुबन्धित भएकी छन्।

निर्माण पक्षले उनलाई बुधबार औपचारिक रूपमा अनुबन्ध गरेको हो।

एक्सन तथा सामाजिक कथावस्तुमा पारसु निर्माण हुन लागेको हो। अन्य कलाकारबारे जानकारी क्रमशः सार्वजनिक गरिने जनाइएको छ।

केपी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *