प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

माघ २५, काठमाडौ- प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज मुम्बईको वानखेडे स्टेडियममा इङ्ल्यान्डसँग हुने ऐतिहासिक टी–२० विश्वकप खेलमा विजयका लागि शुभकामना व्यक्त गरेकी छन ।

प्रधानमन्त्रीले विजयको शुभकामना व्यक्त गर्दै कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले मैदानमा नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति देखाउने अपेक्षा गरिएको बताएकी छन ।

आइसिसी टी–२० विश्वकप खेलिरहेको नेपालसँग विश्वभरका प्रशंसकहरूको समर्थन रहेको छ । विगतमा टोलीले देखाएका चमत्कार र सफलताले आजको खेल अझ विशेष बनाएको छ ।

सिङ्गो राष्ट्रका तर्फबाट प्रधानमन्त्रीले नेपाली खेलाडीलाई हार्दिक शुभकामना व्यक्त गर्दै ‘विजयी भवः’भनेकी छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *