राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै

माघ १५, काठमाडौं – राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ ।

आज बिहिबार विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति गरेर दुई समितिको बैठक बस्न लागेको हो ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ को वारेमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक विहान ११ः३० बजे बस्ने तय भएको छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा नालापानी युद्धमा सुवेदार श्री दयाराम खड्काको योगदान सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहानको १०ः१५ बजे तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *