लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ

माघ ५, काठमाडौ – झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतवार विशेष सूचनाको आधारमा झापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा-८ का महमद सहवाज र अर्जुनधारा-७ का सुनिल कुमार मण्डललाई १ ग्राम ६४० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो भने मोरङको इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा -९ स्थितबाट सुन्दरहरैचा-१० का योगेन्द्र श्रेष्ठलाई ३७ किलो ३६ ग्राम लागू औषध गाँजा सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सुनसरीको प्रहरी चौकी सिशुवाधरमपुरबाट खटिएको प्रहरी टोलीले भोक्राहा नर्सिङ – ८ स्थितबाट भारतिय नम्बरको    मोटरसाईलकलाई शंका लागी चेकजाँच गर्दा भोक्राहा नर्सिङ–८ का ४२ वर्षिय नौसाद आलमको साथबाट ६ ग्राम ३८० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ ।    पक्राउ परेका चारै जनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *