साउन १२, काठमाडौं – हैदराबादको गाछीबौली इनडोर स्टेडियममा साउन १८ देखि २५ ९अगस्ट ३–१०० सम्म आयोजना हुने भनिएको दोस्रो महिला कबड्डी विश्वकप अनिश्चितकालका लागि स्थगित गरिएको छ।
भारतीय एमेच्योर कबड्डी महासंघ (एकेएफआई) ले अन्तर्राष्ट्रिय कबड्डी महासंघ (आइकेएफ) लाई पठाइएको पत्रमा टिम व्यवस्थापनसम्बन्धी विवरण समयमै नआएका कारण सम्बन्धित मन्त्रालयहरूबाट अनुमति लिन ढिलाइ भएको र यही कारण प्रतियोगिता स्थगन गर्नुपरेको जनाइएको छ।
भारत, नेपाल, बंगलादेश, इरान, जापान, थाइल्यान्ड, युगान्डा, जाञ्जिबार, अर्जेन्टिना, चाइनिज ताइपेई, पोल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स र केन्यालगायत १४ देश यस प्रतियोगितामा सहभागी हुने कार्यक्रम थियो।