प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्नुहुँदै

साउन ७, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्दै छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज दिउँसो १ः०० बजे बस्ने बैठकमा विशेष सम्बोधन गर्नुहुने नेकपा (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले राससलाई जानकारी दिनुभयो । सरकारले एक वर्षमा गरेका प्रमुख उपलब्धि, आगामी प्राथमिकता तथा सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलबाट उठाइएकालगायत समसामयिक विषयवस्तुमा केन्द्रित रही उहाँले सम्बोधन गर्नेछन् ।

संसद्को नियमित कार्यसूचीअन्तर्गत प्रतिनिधिसभा नियमावलीबमोजिम सांसदहरूले सोध्नुभएको प्रश्नको समेत प्रधानमन्त्री ओलीले आजै जवाफ दिनुहुने कार्यक्रम यसअघि नै तय भएको संसद् सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.