‘माइतीघर’ चलचित्रको ‘माग्ने बुढा’को क्यारेक्टर लुक्स सार्वजनिक

काठमाडौं  – चलचित्र ‘माइतीघर’सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को क्यारेक्टर लुक्स बाहिरिएको छ ।  ‘ झट्ट हेर्दा उनको लुक्स, गाउँको मुखियाको जस्तो लाग्छ यिो सिनेमाको छायांकन म्याग्दीको ताकम गाउँपछि २० दिनसम्म दरबाङको तातोपानी क्षेत्रमा गरिनेछ ।

मिलन तामाङको डेव्यु निर्देशनमा हाल म्याग्दीको ताकम गाउँमा धमाधम छायांकन भइरहेको सिने सिनेमामा केदारसहित युवराज लामा, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।

सिनेमामा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण भइरहेको सिनेमालाई सुशन प्रजापतिले खिचिरहेका छन् ।