“नयाँ कानुन ल्याउनेदेखि आइटि क्षेत्रका पुर्वाधार विकास गर्न जूरुरी” – सञ्चार मन्त्री गुरुङ

 

काठमाडौँ, १९ बैशाख – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय सूचना प्रविधि मुलुकको सुशासन प्रवद्र्धन, समृद्धिर विकासको मुल आधार भएकाले यस क्षेत्रमा लगानी आवश्यक रहेको बताए । सूचना प्रविधिलाई नै चुस्त बनाउन मन्त्रालये समय सापेक्ष कानुन निर्माण गर्ने, पुर्वाधार सिर्जना गर्ने र दक्षजनशक्तिको बृद्धि गर्नेमा मुख्य जोड रहेको जानकारी दिए ।

मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको क्षेत्रको ‘राष्ट्रिय सूचना सञ्चार प्रविधि दिवस–२०८२ (नेश्नल आइसिटि डे)’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्रयाप्त आइटि इन्फास्टक्चरको अभाव हुँदा सूचनाप्रविधिले अझै व्यवसायमा समृद्धि पाउन नसकेको बताए । यसका लागि सरकारले लगानी गर्न आवश्यक रहेको प्रष्ट पारे । उनका अनसार जसरी खेलकुद क्षेत्रको विकासका लागि खेल मैदान आवश्यक पर्छ उस्तै गरि आइटि विकास गर्न पुर्वाधार अनिवार्य निर्माण गर्नु पर्छ । “आइसिटि क्षेत्र निर्माण गर्ने इन्फास्टक्चरको अभाव छ”, उनले भने,“कम्तीमा आइटि पार्क नभईनहुने देखिन्छ । हामी बनाउने योजनामा छौँ ।”

सञ्चार मन्त्रालयले आइटि क्षेत्रमार्फ राजस्ववृद्धि गर्ने देखि मुलुकमा सुशासन कायम गर्न र जनताको सेवालाई सुविधा सम्पन्न बनाउन सूचना प्रविधिको प्रयोग सहज बनाउने कार्यमा जोड दिएको बताए । जस अन्र्तगत मन्त्री गुरुङले विगतमा भएका पुराना कानुन हटाएर नयाँ नीति तथा कानुन तर्जुमा गर्ने, एकिकृत कार्यालय व्यवस्थापन प्रणाली(जिआइओएमएस्) लाई स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारी कार्यालयमा पुर्णरुपमा लागु गर्ने, दुरसञ्चारलाई समयाअनुकल बनाउन ऐन ल्याउने, फोजी देशभर पुर्याउने र फाइभ जी नेटर्वकलाई सुरुवात गर्ने, डाटा सेन्टर व्यवस्थीत गर्ने, आर्टिफिसियल इन्टेलिजेन्ट सम्बन्धी नीति ल्याउने, जिआईडिसीको सबलीकरण र आधुनिकिरण गरि थप डेटा सेन्टर स्थापना गर्ने लगायतका गतिविधिमा मन्त्रालयले काम गर्दै आएको जानकारी दिए ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सूचनाप्रविधि विनाको युग अब कल्पना पनि गर्न नसकिने हुँदा यसै क्षेत्रमा लगानी गरेर लाभ उठाउनु पर्ने बारे सझुाव दिए।राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले पछिल्लो समय आइसिटिक्षेत्रको प्रयोग बढ्दै जानु सकारात्मक भएपनि डिजीटल साक्षरता बढाउनु पर्नेमा जोड दिए । साथै उनले आइटि क्षेत्रबाट राज्यको अर्थतन्त्रमा टेवा पुग्ने वातावरण सिर्जन गर्न पनि सुझाव दिए ।

श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका मन्त्री प्रेमभक्त महर्जनले डिजीटल फेमवर्क बनाउने नेपाल सरकारको उदेश्यलाई सफलपार्न मन्त्रालयले डिजीटल सेवा प्रभावमा जोड दिएको बताए । ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले सूचना प्रविधिको सदुपयोग गरेर महानगरपालिकालाई सभ्य, सुशासन र व्यवस्थीत गर्न सकिएको उदारहरण दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published.