साउदी प्रो लिग -अल हिलाल बिजयी प्रकाशित : २०८१ वैशाख ३० गते ९:३५ बैशाख ३०, एजेन्सी -साउदी प्रो लिगको उपाधि अल हिलालले जितेको छ । गएराति भएको खेलमा अल हिलालले अल हाजमलाई ४–१ गोल अन्तरले हराउँदै यो सिजनको उपाधि जितेको हो । अल हिलालको यो १९ औँ लिग उपाधि हो । अल हिलाल यो सिजन अपराजित रहँदै ३१ खेलमा ८९ अङ्क जोडेको छ ।