संवाद समितिको बैठक सकसमा

मंसिर १, काठमाडौं-दलहरुबीचको चर्कदो ध्रुवीकरणका कारण संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको औपचारिक बैठक बस्नै अप्ठ्यारो भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।  प्रमुख दलका शीर्ष नेताहरुबीच नयाँ संविधानका विवादित अन्तरबस्तु र प्रक्रियामध्ये कुनैमा पनि सहमति बन्न नसकेका कारण सोमबारको बैठक सकसमा परेको हो ।
संविधानका अन्तरबस्तुमा सहमति वा प्रश्नावली निर्माणका लागि संविधानसभाबाट कात्तिक १६ सम्मको समयसीमा पाएको संवाद समितिका सभापति बाबुराम भट्टराईले अन्तिम बैठकको निरन्तरताका रुपमा औपचारिक छलफल गराउँदै आएका छन् ।

यसअघि भट्टराईले तीन दलका शीर्ष नेताहरुबीच सहमति खोज्ने अन्तिम प्रयासका लागि गत शुक्रबार तय गरेको तीन दिन पनि ब्यर्थ भएको छ । यसबीचमा भट्टराईले कांग्रेस र एमालेका प्रमुख नेताहरुसंग गरेको अनौपचारिक छलफल निश्कर्षविहीन छन् ।

जारी व्यर्थ प्रयासबारे आइतबार ट्विट गर्दै भट्टराईले विरक्ति जनाएका छन् । बालुवा पेल्ने क्रम जारी छ । तेल निस्कन्छ, निस्कन्न भन्न गाह्रो छ, उनले लेखेका छन् । उनकै दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल २२ दलीय मोर्चाद्वारा आयोजित आन्दोलनका लागि जिल्ला दौडाहामा छन् ।

सभापति भट्टराईले प्रक्रिया अघि बढाउन बहुमत सदस्यले हस्ताक्षर बुझाए संविधान निर्माणका बाँकी कामलाई असर गर्ने चेतावनी दिदै सोमबारको बैठक सकारात्मक नहुने संकेत गरेका छन् । डिलमा पुगेको परिस्थितिलाई त्यहाँबाट फर्काउने प्रयास भइरहेको छ, संवाददाताहरुसंगको संक्षिप्त कुराकानीमा आइतबार भट्टराईले भने, बहुमत सदस्यले हस्ताक्षर गरेर दिने हो भने समितिले कसरी काम गर्न सक्छ रु यो किन भइरहेको छ मैले बुझेको छैन ।सहमतिबिना कांग्रेसएमालेको साझा प्रस्तावलाई संविधानसभामा नपठाउने अडानमा रहेका सभापति बाबुराम भट्टराईलाई प्रक्रिया अघि बढाउन दबाव दिन समितिका बहुमत सदस्यले हस्ताक्षर गरेका छन् ।