चैत ८, काठमाडौ – मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ एलएमका पुराना विद्यार्थीहरुलाई पुरस्कृत गर्दे नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण सहित स्वागत गरेको छ ।
विश्वविद्यालयको ‘मनमोहन ईन्स्टिच्युट अफ ल’ ले शनिवार अपराध शास्त्रमा एलएलएमका पहिलो समुहका उत्कृष्ट विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गर्दै नयाँ विद्यार्थीलाई अभिमुखिकरण सहित स्वागत गरेको हो ।
शनिवार विराटनगरमा सम्पन्न अभिमुखिकरण तथा स्वागत कार्यक्रममा बोल्दै विश्वविद्यालयको ‘स्कुल अफ एप्लाईड साईन्सटेक्नोलोजी अफ ल’ का डिन डा रेखा श्रेष्ठले पाठयक्रम अनुसार गुणस्तरिय पढाई र समयमै परिक्षा र परिक्षफल प्रकाशनका लागि विश्वविद्यालयले कुनै सम्झौता नगर्ने बताईन । उनले कानुनमा विशेषज्ञता हासिल गर्ने विद्यार्थीहरुलाई उत्तीर्ण हुनका लागि मात्र नभएर अनुसन्धानमा पनि जोड दिन आग्रह गरिन ।
मनमोहन ईन्स्टिच्युट अफ लका प्रचार्य कोषराज न्यौपानेले गुणस्तरिय पढाईमा जोड दिएकै कारण पहिलो र दोस्रो चरणमै कानुन पढने विद्यार्थीहरुको आर्कषण उच्च भएको बताए । उनले मनमोहनले कानुनमा दक्ष जनशक्त्ति उत्पादन गर्न अन्तराष्ट्रिय विश्वविद्यालयहरुसँग पनि सहकार्य गरिरहेको जानकारी गराए । प्रचार्य न्यौपानेका अनुसार मनमोहन कानुन विश्विद्यालयले केही बर्षभित्रै कानुनमा पिएचडी तहको पठनपाठन सञ्चालन गराउने सोच बनाइरहेको छ ।
उत्कृष्ट विद्यार्थीहरु रामसुफल सदा र राजेश तिम्सिनाले मनमोहन विश्वविद्यालयको पढाईसँगै परिक्षा प्रणालीको खुलेर प्रशंसा गरे ।
कार्यक्रममा अपराध कानुनमा एलएलएममा भर्ना भएका तीस जना विद्यार्थीहरुलाई स्वागत गर्दै विश्वविद्यालयको शैक्षिक कार्यक्रम , परिक्षा र व्यवस्थापन प्रणालीबारे अभिमुखिकरण गराइएको थियो । साथै एलएलएम पहिलो समुहका प्रथम सेमेष्टरमा प्रथम हुने विद्यार्थीहरु रामसुफल सदा दोस्रो हुने लवराज घिमिरे र तेस्रो हुने राजेश तिम्सिनालाई विश्वविद्यालयको तर्फबाट जनही ४८ हजार र जेहेन्दार विद्यार्थी संजयकुमार यादवलाई कलेजका प्रचार्यको तर्फबाट नगद ११ हजार गिफट ब्याक स्कलरशिपले पुरस्तकृत गरिएको थियो ।
कोशी प्रदेश सरकारले स्थापना गरेको मनोहन प्राविधिक विश्वविद्यालयको ‘स्कुल अफ एप्लाईड साईन्स ,टेक्नोलोजी अफ ल’ अन्तर्गतको मनमोहन ईन्स्टिच्युट अफ लले व्यवस्थापन कानुनमा स्नातक र अपराध कानुनमा स्नातोकोत्तर तहको पढाई सञ्चाल गर्दै आएको छ ।
