फागुन २५, काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली९प्रत्यक्ष०तर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगबाट आज विहान ६ बजे प्राप्त तथ्याङक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० १२४ निर्वाचन क्षेत्रमा विजयी भएकोे छ । जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा छ ।
नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा ९एमाले० ले ८ स्थान विजयी भएको छ भने १ स्थानमा अगाडि रहेको छ ।
नेपाली कम्युनिष्ट पार्टी सात, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।–
