गायक निर्मल दाहालको नयाँ गीत ‘आँसु’ सार्वजनिक

माघ २२, काठमाडौं – लगायक तथा सर्जक निर्मल दाहालको नयाँ गीत ‘आँसु’ सार्वजनिक भएको छ। वियोगान्त भाव बोकेको यस गीतमा शब्द, स्वर र संगीत स्वयं निर्मल दाहालकै रहेको छ, जसले गीतलाई अझै आत्मीय बनाएको छ ।

गीतको संगीत संयोजन अभिषेक कार्कीले गरेका हुन्। प्रेम र बिछोडको पीडा समेटिएको ‘आँसु’ श्रोताको मन छुने अपेक्षा गरिएको छ।

नयाँ गीत युट्युब, फेसबुक, टिकटक, स्पोटिफाइ, आइट्युन्स, अमेजन म्युजिक लगायत सबै प्रमुख डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको छ।

यसअघि निर्मल दाहालले ‘जब घाम ढल्छ’, ‘पागल’, ‘हारजित’ जस्ता चर्चित गीतहरू सार्वजनिक गरिसकेका छन्, जसले उनलाई संगीतप्रेमी माझ चिनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *