पुस २३, काठमाडौं – तराई÷मधेशमा आज पनि हुस्सु र कुहिरो लागेको छ । तराईका सबैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको र दिउँसो पनिे कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । तराईमा लगातारको बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुँदै आएको छ ।
चिसोका कारण विपन्न वर्ग, मजदुर बढी मर्कामा परेका छन् । बालबालिका, वृद्धवृद्धा बिरामी पर्नेक्रम बढेको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज मौसम आंशिक बदली छ । अरु ठाउँको मौसम सामान्यतया सफा नै छ ।
आज बिहान पौने ६ बजेको मापन अनुसार काठमाण्डौ उपत्यकामा न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा रहेको थियो ।
