चलचित्र प्रतिवैरमको टिजर सार्वजनिक गरिएको छ। मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा यो फिल्म बनेको हो। टिजरले फिल्म मधेशमा हुने अपराधको विषयमा बनेको संकेत दिन्छ।
चलचित्रमा प्रतिवैरम मा सम्राट दास, सुप्रज्ञा शर्मा, वीरेन्द्र सिंह कुशुवा, आलिशा बास्तोला, रोनी यादव, बिक्की शाह, रमेश बुढाथोकी, प्रदीप ढकाललगायत कलाकारहरूको अभिनय छ। चलचित्रलाई रोशन दासले निर्देशन गरेका हुन् ।
रेज इन्टरटेनमेन्टले किङ वाईटी स्टुडिओ र श्रीयन इन्टरटेन्मेन्टसँगको सहकार्यमा ‘प्रतिवैरम’ निर्माण गरेको हो। फिल्मको सह(निर्मातामा अनिश पोखरेल र हिक्मत शर्मा छन् भने कार्यकारी निर्माता बिक्की शाह हुन्।
