छुरी प्रहार गरी हत्या गरेको आरोपमा बृद्ध पक्राउ

मंसिर २९ , काठमाडौ – पाँचथरको फाल्गुनन्द गाउँपालिका-६ खामेलकका ३६ बर्षीय प्रेमराज आङदेम्बेलाई छुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही स्थानका ८२ बर्षीय वर्ण सिंह आङदेम्बेलाई प्रहरीले पक्राउ गरेको छ ।
मंसिर २८ गते वर्ण सिंह आङदेम्बेको घरमा सामान्य बाद विबादको क्रममा प्रेमराज आङदेम्बेलाई छुरी प्रहार गर्दा उनको घट्नास्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरी टोलीले वर्ण सिंह आङदेम्बेलाई छुरी सहित नियन्त्रणमा लिएको थियो भने कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरिक्षक अनिश कुमार कर्ण सहितको प्रहरी टोली खटिएको थियो ।

Leave a Reply

Your email address will not be published.