सिमरामा जेन–जी युवा र एमाले समर्थकबीच झडप, कर्फ्यु आदेश जारी

 

मंसिर ३, काठमाडौं  – सिमरा विमानस्थल आसपास क्षेत्रमा जेन–जी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले कफ्र्यु आदेश जारी गरेको छ । बुधबार दिउँसो देखि लागु हुने गरि  कर्फ्यु आदेश जारी गरिएको छ । कर्फ्युको समय बुधबार दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्म लागि जारी गरिएको छ ।

एमाले नेताहरू सिमरा आउने जानकारी पाएपछि जेन–जी युवाहरूले प्रदर्शन गरेका हुन् । त्यसक्रममा एमाले समर्थक युवाहरूबीच झडप भएको हो ।

एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बाराको परवानीपुरमा हुने भनिएको कार्यक्रममा सहभागी हुन सिमरा विमानस्थल हुँदै जान लागेको सूचना पाएपछि जेन–जी युवाहरूले प्रदर्शन गरेका हुन् ।