कात्तिक १९, काठमाडौ -आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स ९युएई० विरुद्ध एकदिवसीय शृङ्खालको अन्तिम खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।
दुबईस्थित आइसिसी एकेडेमीमा भर्खरै भएको टसमा युएईका कप्तान आलिशान शराफुले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यसँसगै नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो । यस शृङ्खलामा यसअघि नेपालले खेलेको तीन खेलमा तीनैमा पराजित भएको छ ।
पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको थियो ।
समग्रमा भने १९ खेल खेलको नेपाल १२ हार र पाँच जितकासाथ १२ अङ्क जोडेर अङ्क तालिकाको सातौं स्थानमा छ । दुई खेल भने विना नतिजा टुङ्गिएको थियो । यता युएई १९ खेलबाट १५ हार र चार जितको साथ आठ अङ्क जोडेर अङक तालिकाको अन्तिम स्थानमा छ । आज नेपाल अघिल्लो खेलको हारको बदला लिँदै जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछ ।
