आणविक परीक्षण अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि हानिकारक

काठमाडौ -कुनै पनि देशले गरेको कुनै पनि विस्फोटक आणविक हतियारको परीक्षणको विश्वव्यापी प्रयास अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि हानिकारक र अस्थिर हुने आणविक–परीक्षण–प्रतिबन्ध सन्धि सङ्गठनका कार्यकारी सचिव रोबर्ट फ्लोइडले बताएका छन ।

“आणविक हतियार परीक्षणको बारेमा चलिरहेका बहस तिर ध्यान आकर्षित गर्दै विज्ञप्ति जारी गरी उनले यस्तो बताएका हुन।

फ्लोइडले वर्तमान अवस्थामा विश्वका नेताहरूलाई आणविक–परीक्षण–प्रतिबन्ध सन्धि ९सीटीबीटी० र आणविक हतियार परीक्षणबाट मुक्त संसारको पक्षमा काम गर्ने अवसर अझै बाँकी रहेकोसमेत उनले बताए।

संस्थाको अनुगमन प्रणाली परीक्षण पत्ता लगाउन र सीटीबीटी हस्ताक्षरकर्ता राज्यहरूलाई तथ्याङ्क प्रदान गर्न तयार रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published.