नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी

असोज ३१, काठमाडौँ –  नेपालगञ्ज स्वीमिङ क्लब बाँकेले नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता गर्ने भएको छ ।

आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ को तयारी सुरु गरिएको क्लबका अध्यक्ष केशवराज न्यौपानेले जानकारी दिए । नेपालगञ्ज रङ्गशाला परिसरको पौडी पोखरीमा आयोजना हुने उक्त प्रतियोगितामा देशभरिका २०० भन्दाबढी खेलाडीको सहभागिता रहने छ । विद्यालय लक्षित प्रतियोगितामा ८, १०, १२, १४ र १७ उमेर समूहका अतिरिक्त खुला उमेर समूहबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सङ्घसंस्था वा क्लबले पनि संस्थागत रुपमा प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ । यु–८ उमेर समूहका खेलाडीले २५ मिटर, यु–१० उमेर समूहलाई ५० मिटर, यु–१२ र यु–१४ उमेर समूहका खेलाडीबीच ५० र १०० मिटर तथा खुला उमेर समूहतर्फ २०० र ४०० मिटर दूरीका विभिन्न ५६ स्पर्धा गराइने अध्यक्ष पौडेलले बताए ।

नेपाल पौडी सङ्घको केन्द्रीय वार्षिक क्यालेण्डरअनुसार प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने पौडी प्रशिक्षक चन्दुराम चौधरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.