असोज २६, काठमाडौ- भीमदत्त नगरपालिका(३ बस्ने ४९ वर्षीय खडक पाललाई करिब २८ लाख ९८ हजार ६ सय ५० रूपैयाँ बराबरको विभिन्न प्रकारका पटका सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पटका फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।