असोज २४, काठमाडौ – नेकपा एमालेका पोलिटब्युुरो सदस्य ठाकुरप्रसाद गैरेले प्रतिनिधिसभा सदस्यको हैसियतमा लिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन । पाल्पा क्षेत्रनम्बर २ बाट निर्वाचित सांसद गैरेले बिहिबार संघीय संसद सचिवालयको अन्तराष्ट्रिय सम्पर्क तथा समन्वय शाखामा राहदानी फिर्ता गरेका हुन ।
गत भदौ २३ र २४ गते देशभर भएको जिन्जी आन्दोलनपछि सुशिला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । भदौ २७ गते प्रतिनिधि सभा विघटन भएको थियो । राहदानी नियमावली २०७७ को नियम १८ मा पदमा नरहेको एक महिनभित्र रातो पासपोर्ट फिर्ता गर्नुुपर्ने व्यवस्था छ । कार्कीे नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि चुनावको मिति फागुन २१ गते तोकिसकेका छन।