सञ्चारमन्त्रीको घरमा आन्दोलनकारीले लगाए आगो

बैशाख २४, काठमाडौं – सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरस्थित निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

ललितपुर सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले प्रहरी घेरा तोड्दै ढुंगामुढा गरेका थिए।

प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले निवासमा आगो झोसेका छन् ।

अहिले आगो निभाउने प्रयास भइरहेको बताइएको छ ।