पुटिनलाई ‘धेरै चाँडै’ भेट्ने सम्भावना रहेको ट्रम्पको भनाइ

साउन -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘चाँडै नै’ भेट हुनसक्ने बताएका छन । ट्रम्पले आफ्ना विशेष दूत र रुसी राष्ट्रपतिबीच मस्कोमा भएको अत्यधिक फलदायी वार्ता भनेर वर्णन गरेपछि उनको यस्तो भनाइ आएको हो ।

सम्भावित शिखर सम्मेलनको चर्चा ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीचको फोनवार्तामा गरिएको थियो । फोनवार्तामा किएभका एक वरिष्ठ स्रोतका अनुसार नाटो महासचिव मार्क रुट र बेलायत, जर्मनी र फिनल्यान्डका नेताहरू समेत सामेल थिए।

युक्रेनी र रुसी नेताहरूलाई कहिले भेट्ने भनेर सोधिएको प्रश्नमा ह्वाइट हाउसमा बुधबार पत्रकारहरूलाई ट्रम्पले भने, “चाँडै नै बैठक हुने राम्रो सम्भावना छ ।”

उनले पुटिनसँगको भेट कहाँ हुनसक्छ भन्नेबारे कुनै सङ्केत दिएनन। सन् २०२१ जुनमा पूर्वराष्ट्रपति जो बाइडेनले जेनेभामा आफ्ना समकक्षीसँग भेट गरेपछि यो पहिलो अमेरिका–रुस नेतृत्वको शिखर सम्मेलन हुनेछ ।

न्युयोर्क टाइम्स र सिएनएनले योजनासँग परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै ट्रम्पले अर्को हप्ताको सुरुमा पुटिनसँग बस्ने योजना बनाएको र त्यसपछि रुसी नेता र जेलेन्स्कीसँग त्रि–पक्षीय बैठक चाहनुभएको बताएका छन् ।

“यस्तो देखिन्छ कि रुस अब युद्धविराममा सहमत हुन बढी इच्छुक छस तिनीहरूमाथि दबाबले काम गरिरहेको छ । तर मुख्य कुरा यो हो कि उनीहरूले विवरणमा हामी वा संयुक्त राज्य अमेरिकालाई धोका नदिऊन्”, जेलेन्स्कीले बुधबार साँझ भने । ।

Leave a Reply

Your email address will not be published.