साउन २२, दमक – जिल्लाको कमल गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषधजन्य औषधिसहित दुई जनालाई दमक प्रहरीले पक्राउ गरेको छ । कमल(६ का विष्णुप्रसाद बगाले र गङ्गाबहादुर खड्का पक्राउ परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीको टोलीले कमल–७ गेउरियामा फार्मेसी सञ्चालन गर्दै आएका बगालेको मङ्गलबारेस्थित घरबाट सात हजार १६० थान प्रतिबन्धित औषधिसहित बुधबार साँझ पक्राउ गरेको हो ।
बगालेको घरमा लुकाइछिपाइ राखेको ट्रामाडोल तीन हजार थानसहित अन्य सात हजार १६० थान प्रतिबन्धित औषधि फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए। उनका अनुसार दमकमा औषधि पसलको थोक बिक्रेता गर्दै आएका खड्का र बगालेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।