‘अरनिको अभियान राष्ट्रिय पुरस्कार’ साहित्यकार डा न्यौपानेलाई प्रदान गरिने

बैशाख २५, काठमाडौं-  ‘गोधूलि कला साहित्य प्रतिष्ठान’ ले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रदान गर्ने यस वर्षको ‘अरनिको अभियान राष्ट्रिय पुरस्कार’ साहित्यकार डा सागर न्यौपानेलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठान पुरस्कार छनोट समितिको बुधबारको बैठकले ‘गोधूलि–चिसकुमारी बाल–प्रतिभा पुरस्कार’ बालसाहित्यकार सङ्गम बिकेलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष प्रकाश समिरले जानकारी दिए ।

यसैगरी, प्रतिष्ठानले ‘गोधूलि वाङ्मय शिखर अभिनन्दन’ बाट साहित्यकार होमनाथ सुवेदी, ‘गोधूलि सत्यमोहन संस्कृति सम्मान’ बाट साहित्यकार पल्वीर जुग्जाली र ‘गोधूलि काव्यश्री सम्मान’ बाट साहित्यकार लक्ष्मी मालीलाई सम्मान गर्ने निर्णय गरेको छ ।

यसैगरी, ‘गोधूलि अरनिको कला सम्मान’ बाट मूर्तिकार भुवन थापा, ‘गोधूलि सिर्जना सम्मान’ बाट अनुवादक अणुराज जोशी, ‘गोधूलि समाजसेवा सम्मान’ बाट समाजसेवी केशव सुनार, ‘गोधूलि कला संस्कृति संरक्षण सम्मान’ बाट लोकसंस्कृति संरक्षक राम भण्डारीलाई, ‘गोधूलि साहित्य जागरण सम्मान’ बाट साहित्यकार अज्ञात युवकलाई, ‘गोधूलि कला–साहित्य सेवा सम्मान’ बाट समाजसेवी अर्जुन सहाशङ्करलाई, ‘गोधूलि युवा सिर्जनशील सम्मान’ बाट जजलकार रश्मी रोदन र ‘गोधूलि युवा चित्रकला सम्मान’ बाट कलाकार अर्पिता पराजुलीलाई सम्मान गर्ने प्रतिष्ठानले निर्णय गरेको छ ।
यी पुरस्कार र सम्मान शुक्रबार कमलादिस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रदान गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.