दुई सय २९ जनाको पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’

जेठ १८, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) राष्ट्रिय महिला भेलाका क्रममा दुई सय २९ जनाको पाठेघरको मुखको क्यान्सर ‘स्क्रिनिङ’ गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा भेलामा सहभागी ती महिलाहरुको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको हो ।

महासङ्घका उपाध्यक्ष शारदा खनालले दुई सय २९ जनाको ‘एचपिभि डिएन प्रविधि’बाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको राससलाई जानकारी दिइन् । उनले स्क्रिनिङको नतिजा एक महिनापछि मात्र प्राप्त हुने बताइन्। “हाम्रा धेरै दिदीबहिनी पाठेघरको मुखको क्यान्सरबाट पीडित भएका पाइएको छ”, उनले अन्य मुलुकमा स्तन क्यान्सरका बिरामी अधिक भेटिएका जानकारी दिँदै उनले भनिन् । समय–समयमा पाठेघर र स्तन परीक्षण गराउन उपाध्यक्ष शर्माले सुझाव दिएकी छन् ।