चीनिया चिया चाखेर सद्भाव बाढ्दै – मन्त्री तामाङ

जेठ ९,काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री हितबहादुर तामाङले चीन र नेपालको सम्बन्ध सांस्कृतिक देखि व्यापारीक दृष्टिले दिनप्रतिदिन प्रगाढ बन्दै गएको बताएका छन् ।
चिनिया सांस्कृतिक केन्द्र नेपाल र चिनिया दुतावासले मंगलबार विश्व चिया दिवसको सन्र्दभमा काठमाडौँमा आयोजीत कार्यक्रममा बोल्दै मन्त्री तामाङले छिमेकी मुलुक चीनसँगको सहकार्य फदलायि रहेको बताए। “अरनिकोपुस्ता देखि अहिले सम्म आइपुग्दा चीनसँगको मित्रता सांस्कृतिक एवं पर्यटकीय दृष्टिले अझै प्रगाढ बन्दैछ”, उनले भने“हामी हातमा हात मिलाएर भविष्यमा सहकार्य गर्न सधै तत्पर छौँ ।”

“सद्भावको लागि चियाः याची सांस्कृतिक जमघट” महोत्सव चीनको पुर्वी प्रान्त आनहुईमा प्रख्यात विभिन्न थरीका चिया प्रर्दशन गरिएको थियो । उपस्थीत मन्त्रीले चिनको चिया चाखेका थिए ।
नेपालका लागि चिनिया राजदुत छन् सोङले दुई देश बिचको मित्रता चिया खाएर झन सद्भाव बढेको बताए । उनले चिया संस्कृति चीनको प्राचिन संस्कृति भएको र नेपालमा पनि यसको संस्कृतिको आफ्नै मौलिकता रहेको सुनाए ।

“चिया संस्कृति दुवै देशको प्राचिन छ”, उनले भने,“हामी यो संस्कृतिलाई व्यापारमा समेत प्रगाढ बनाउन चाहन्छौँ ।” उनले दुई सय वर्ष पुरानो चिया संस्कृति अहिले नेपालमा व्यापारको सम्बन्ध विस्तार गरिरहेको समेत बताए । चीनको आनहुई प्रान्तमा प्रख्यात रहेका हुवाङ्शान माओफेङ हरियो चिया, छिमेन कालो चिया, लिउआन गुआपियन हरियो चिया र ताइपिङ होउकुई लगायतका विभिन्न स्वादका चिया महोत्सवमा चखाइएको थियो । महोत्सवमा चिनिँया कलाकारले सांस्कृतिक नृत्य र गान प्रस्तुत गरेका थिए ।