साउदी प्रो लिग -अल हिलाल बिजयी

बैशाख ३०, एजेन्सी -साउदी प्रो लिगको उपाधि अल हिलालले जितेको छ ।

गएराति भएको खेलमा अल हिलालले अल हाजमलाई ४–१ गोल अन्तरले हराउँदै यो सिजनको उपाधि जितेको हो ।

अल हिलालको यो १९ औँ लिग उपाधि हो । अल हिलाल यो सिजन अपराजित रहँदै ३१ खेलमा ८९ अङ्क जोडेको छ ।