काठमाडौं शिक्षा क्याम्पसको ३३ औ स्थापना दिवस सम्पन्न

बैशाख १५, काठमाडौं – काठमाडौं शिक्षा क्याम्पसको ३३ औ स्थापना दिवस सम्पन्न भएको छ । शनिबार चन्द्रागिरि नगरपालिका–१० सतुगंलस्थित क्याम्पसमा आयोजित एक समारोहबीच स्थापना दिवस सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश मन्त्री रमा आलेमगरले क्याम्पसको गुणस्तर  र भौतिक बिकासमा प्रदेश सरकारले सहयोग पु¥याएको बताउदै उनले हालसालै प्राप्त गरेको गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र (क्यूएए) को गरिमा कायम राख्न विद्यार्थीहरूको भूमिका अहम रहको बताइन् । यसका साथै उनले प्रदेश सरकारले छोरी बुहारी शिक्षा छात्रवृत्ति कार्यक्रम लागु गरेको र सो बाट लाभान्वित हुन आग्रह समेत गरिन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुगंलका वडाध्यक्ष शीवकुमार महर्जनले नगरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउदै क्याम्पसलाई देशकै नमुना क्याम्पस बनाउन सदैव सकरात्मक भूमिका रहने बताए ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बिद्यार्थीहरुलाई ब्यवसायिक शिक्षा प्रदान गरेको र सामाजिक गतिविधिहरूमा समेत विद्यार्थीहरूको सहभागिता गराउँदै जानु सकरात्मक रहेको धारणा ब्यक्त गरे ।

क्याम्पसका प्रमुख एवं नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ताले क्याम्पसको पछिल्ला गतिविधिहरूका बारेमा प्रकाश पारेका थिए । उनका अनुशार हाल क्याम्पसमा कक्षा ११ देखि स्नानतकोत्तर तहसम्म १ हजार २ सय जना विद्यार्थी अध्ययनरत छन् । स्थापना दिवसको अवसरमा विभिन्न तहमा अध्यनरत ७६ जना विद्यार्थी र उत्कृष्ट बिद्यार्थीलाई नगद प्रस्कार बितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.